आयोजना क्लष्टर इकाई, सिन्धुपाल्चोक
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत भुकम्प प्रभावित जिल्लाहरु मध्येको दोलखा र सिन्धुपाल्चोकमा रहने गरि स्थापित आयोजना क्लस्टर इकाईको (PCU) कार्यालय सिन्धुपाल्चोकमा २०७६ साल जेष्ट महिनामा स्थापना भएको हो।आयोजनाका कार्य सम्पादनमा सहजता, तिव्रता र अनुगमन प्रभावकारी बनाउन २०७६ कार्तिकबाट यस आयोजनको PCU अन्तर्गतको एक सम्पर्क इकाई दोलखा जिल्लाको चरिकोटमा समेत स्थापना भएको छ।संयुक्त फिल्ड स्तरीय अध्ययनमा आधारित प्रतिवेदनको निष्कर्ष अनुसार यस आयोजनाको प्राविधिक समन्वय समितिको सिफारिसमा आयोजना निर्देशक समिति (Project Steering Committee) को मिति २०७६/०५/२५ गते वसेको वैठकको निर्णयअनुसार आयोजनाले सिन्धुपाल्चोक जिल्लाको स्थानिय तह ईन्द्रावति गाउँपालिका र लिसंखुपाखर गाउँपालिका साथै दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका र तामाकोशी गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।यस क्लस्टर इकाईमा आयोजनाका गतिविधि संचालन गर्न नेपाल सरकारका कर्मचारिहरु आयोजना क्लष्टर इकाईमा रहेर अनुगमन कार्यक्रम र बजेट संचालनको जिम्मेवारिका साथ त्यस्तै गरि खाद्य तथा कृषि संगठन (FAO) बाट कृषि, पशुपंछी र पोषण बिज्ञ गरि तिन जना बिषय बस्तुको जानकारी गराउन आयोजना क्लष्टर इकाईमा रहने गरि र स्थानिय सेवा प्रदायक संस्थाबाट प्रत्येक पालिकामा ६।६ जना (कृषि तर्फ २ जना, पशुपंछी पालन तर्फ २ जना र पोषण तर्फ काम गर्ने २ प्राविधिकहरु) स्थानिय तहका सम्बन्धित शाखा संगको समन्वयमा फिल्डमा काम गर्ने गराउने जिम्मेवारी सहितको संरचनामा आबद्ध रहेर काम गर्ने छ।
आयोजना लागु भएका जिल्लाहरु
सिन्धुपाल्चोक
काठमाण्डौंबाट पिच सडकबाट जोडिएको र कोटेश्वरबाट २ घण्टा ४५ मिनेटको दुरीमा
सर्ब साधारणका लागी बस तथा माइक्रोबसहरु जिल्लाका मुख्य स्थान सम्म नियमित चल्ने गरेको छ।
पूर्वमा दोलखा र चिनको स्वसाशित क्षेत्र तिब्बतको केहि भू-भाग, पश्चिममा रसुवा, नुवाकोट र काठमाण्डौं, उत्तरमा रसुवा र चिनको स्वसाशित क्षेत्र तिब्बतको केहि भू-भाग तथा दक्षिणमा काभ्रेपलान्चोक, काठमाण्डौं र रामेछाप संग यस जिल्लाको सिमाना जोडिएको छ।
मेलम्चि, हेलम्बु, तातोपानी नाका, बाह्रविसे, मुढे, मुढेको आलु, जुगल हिमाल, पाँचपोखरी, गौराति मेला तातोपानि स्नान, भोटेकोशी, बन्जि जम्पिङ्ग, सुकुटे बिच, ईन्द्रावति नदि आदि शब्दावलीहरुले यस जिल्लाका विविध पक्षपक्षका बिषेशतालाई समेटेको छ।
जिल्लाको बिषेश भूगोलमा धान, मकै, कोदो, मास, दुध, लप्सि, अदुवा, लहसुन, ताजा तरकारी तथा बाख्रापालन जस्ता कृषि र पशुपंछी जन्य उपजको उत्पादन राम्रो हुने गरेको।
चिनको स्वसाशित क्षेत्र तिब्बतसंग (लिपिङ्गमा) नाका रहेको।
दोलखा
काठमाण्डौंबाट पिच सडकबाट जोडिएको र कोटेश्वरबाट ४ घण्टा ३० मिनेटको दुरीमा
सदर मुकाम चरिकोटबाट तामाकोशी, मन्थलि खुर्कोट हुँदै करिब ५ घण्टामा बर्दिबास तराई क्षेत्र सम्म पुग्न सकिने सडक संजाल समेत रहेको छ।
सर्ब साधारणका लागी बस तथा माइक्रोबसहरु राजधानिबाट जिल्लाका मुख्य स्थान सम्म नियमित चल्ने गरेको छ।
पूर्वमा सोलुखुम्बु र रामेछाप, पश्चिममा सिन्धुपाल्चोक र चिनको स्वसाशित क्षेत्र तिब्बतको केहि भू-भाग, उत्तरमा चिनको स्वसाशित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप तथा सिन्धुली संग यस जिल्लाको सिमाना जोडिएको छ।
चरिकोट, सैलुङ्ग, खरिढुंगा, जिरि, अपर तामाकोसी, गौरी शंकर, छ्यो रोल्पा, कालिन्चोक, दोलखा भिमसेन, फिल्म सिटि, लामाबगर नाका तथा सिंगटि आदि शब्दावलीहरुले यस जिल्लाका विविध पक्षका बिषेशतालाई समेटेको छ।
जिल्लाको बिषेश भूगोलमा धान, मकै, कोदो, फापर, दुध, अदुवा, लहसुन, अमिलो जातका फलफूल, किवि, अलैंचि, चौंरि पालन तथा बाख्रापालन जस्ता कृषि र पशुपंछी जन्य उपजको उत्पादन राम्रो हुने गरेको।
चिनको स्वसाशित क्षेत्र तिब्बतसंग (लामाबगर क्षेत्रमा) आवतजावत नाका रहेको।
आयोजना लागु भएका गाउँपालिकाहरुको परिचय
क्र.स. |
पालिका |
क्षेत्रफल (वर्ग किलो मिटर) |
सिमाना |
कृषि योग्य जमिन (हेक्टर) |
सिंचाई सुविधा |
मुख्य उत्पादन |
उत्पादनका समस्या |
१ |
ईन्द्रावती |
१०५.११ |
पूर्वमा चौतारा सांगुरीगढी न.पा. र जुगल गा.पा., पश्चिममा मेलम्चि न.पा., उत्तरमा पाँचपोखरी थाङ्गपाल गा.पा. र जुगल गा.पा. तथा दक्षिणमा काभ्रेपलान्चोक जिल्ला। |
४११५ |
वडा ७, ८ र ९ का केहि स्थान बाहेक अन्य स्थानमा जटिल |
धान, गहुँ, मकै, कोदो, लप्सि, अदुवा, लसुन, ताजा तरकारी र पशुपालन |
सिंचाई, जंगलि जनावर र न्यून श्रमशक्ति |
२ |
लिसंखुपाखर |
९८.६१ |
पूर्वमा रामेछाप र दोलखा जिल्ला, पश्चिममा सुनकोशी गा.पा., उत्तरमा त्रिपुरा सुन्दरी गा.पा. तथा दक्षिणमा काभ्रेपलान्चोक जिल्ला र सुनकोशी गा.पा.। |
२८७० |
अधिकांश स्थानमा जटिल |
आलु, ताजा तरकारी, कोदो र पशुपालन |
सिंचाई, जंगलि जनावर र न्यून श्रमशक्ति |
३ |
कालिन्चोक |
१३२.४९ |
पूर्वमा गौरिशंकर गा. पा., पश्चिममा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरि गा.पा. र बाह्रविसे न. पा., उत्तरमा विगु गा.पा. तथा दक्षिणमा भिमेश्वर न. पा. र बैतेश्वर गा.पा.। |
४५७९ |
वडा ६, ७, ८ र ९ का केहि स्थान बाहेक अन्य स्थानमा जटिल |
अमिलो जातका फलफूल, धान, मकै, कोदो, किवि, आलु, अलैंचि र पशुपालन |
सिंचाई, जंगलि जनावर र न्यून श्रमशक्ति |
४ |
तामाकोसी |
१५३.०६ |
पूर्वमा रामेछाप जिल्ला, पश्चिममा मेलुङ्ग र शैलुङ्ग गा.पा., उत्तरमा बैतेश्वर गा.पा. र जिरी न. पा. तथा दक्षिणमा रामेछाप जिल्ला। |
४२४५ |
वडा ३, ४ र ६ का केहि स्थान बाहेक अन्य स्थानमा जटिल |
धान, गहुँ, मकै, कोदो, अदुवा, लसुन, ताजा तरकारी र पशुपालन |
सिंचाई, जंगलि जनावर र न्यून श्रमशक्ति |
क्र.स. |
पालिका |
वडा संख्या |
आयोजना संचालित वडा |
घरधुरी |
जनसंख्या |
जम्मा |
पालिका कार्यालय रहेको स्थान |
|
|
|
|
|
|
पुरुष |
महिला |
|
|
१ |
ईन्द्रावती |
१२ |
१, २, ३, ४, ५, ६, ७, ८ र ९ |
६२११ |
१५१४१ |
१३३७६ |
२८५१७ |
ईन्द्रावति ४, नवलपुर |
२ |
लिसंखुपाखर |
७ |
सबै |
३६८० |
८०३२ |
७१११ |
१५१४३ |
लिसंखुपाखर ४, अत्तरपुर |
३ |
कालिन्चोक |
९ |
सबै |
५४५७ |
१२००८ |
१०९४६ |
२२९५४ |
कालिन्चोक ८ सुनखानी (हालको) र कालिन्चोक ६ लापिलाङ्ग (प्रस्तावित) |
४ |
तामाकोशी |
७ |
१,३, ४, ५ र ६ |
४३४६ |
१०००३ |
८७७६ |
१८७७९ |
तामाकोशी ३, जफे |
क्र.स. |
पालिका |
जातिय बिषेशता |
मुख्य ब्यापारिक स्थान |
यातायात/संचार/बिजुली |
|
|
|
|
|
१ |
ईन्द्रावती |
तामाङ्ग, ब्राम्हण, क्षेत्री, दलित, नेवार, शेर्पा र दनुवार |
मेलम्चि, नवलपुर, कुन्ता, चौतारा, बाहुनेपाटी र सिपाघाट |
पालिका रहेको स्थान सम्म ग्राभेल सडक मेलम्ची र चौताराबाट पुगेको छ। अन्य बडाको मुख्य स्थान सम्म समेत कच्चि सडक पुगेको छ। साथै संचार र बिजुली अधिकांस मुख्य बस्तिमा पुगेको छ । |
२ |
लिसंखुपाखर |
तामाङ्ग, ब्राम्हण, क्षेत्री, दलित, नेवार र शेर्पा |
शिलढुंगा, पाखर, मुढे र खाँडिचौर |
पालिका रहेको स्थान सम्म चौताराबाट नै पिच ग्राभेल सडक पाखर र शिलढुंगा हुंदै पुगेको छ। अन्य बडाको मुख्य स्थान सम्म समेत कच्चि सडक पुगेको छ। साथै संचार र बिजुली अधिकांस मुख्य बस्तिमा पुगेको छ । |
३ |
कालिन्चोक |
थामि, ब्राम्हण, क्षेत्री, शेर्पा , नेवार र दलित |
सिंगटी, चरिकोट र सुनखानि |
पालिका रहेको स्थान सम्म चरिकोटबाट नै पिच ग्राभेल पुगेको छ। अन्य बडाको मुख्य स्थान सम्म समेत कच्चि र ग्राभेल सडक पुगेको छ। साथै संचार र बिजुली अधिकांस मुख्य बस्तिमा पुगेको छ । |
४ |
तामाकोशी |
माझि, सुनुवार, भुजेल, नेवार, दलित, क्षेत्री र ब्राम्हण |
किर्ने, चरिकोट, जिरि र तामाकोशी |
पालिका रहेको स्थान सम्म चरिकोटबाट नै पिच ग्राभेल पुगेको छ। अन्य बडाको मुख्य स्थान सम्म समेत कच्चि र ग्राभेल सडक पुगेको छ। साथै संचार र बिजुली अधिकांस मुख्य बस्तिमा पुगेको छ । |