परिचय
खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना (FANSEP) को वित्तीय स्रोत ग्लोबल एग्रीकल्चर एण्ड फूड सेक्युरिटी प्रोग्राम (GAFSP) बाट भएको हो। FANSEP का लागि नेपाल सरकार (GON) र इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (IDA) बीच अनुदान सम्झौता १ डिसेम्बर २०२३ मा हस्ताक्षर गरिएको हो। कुल परियोजना लागत २२ मिलियन अमेरिकी डलर रहेको छ, जस मध्ये २० मिलियन अमेरिकी डलर GAFSP अनुदान हो र २ मिलियन अमेरिकी डलर नेपाल सरकारको पूरक कोष हो। यो परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) मार्फत कार्यान्वयन गरिन्छ, वर्ल्ड बैंक (WB) द्वारा अनुगमन गरिन्छ र प्राविधिक सहयोग संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठन (FAO) बाट प्रदान गरिन्छ। यो परियोजना आठ जिल्लाका १६ गाउँपालिका (RM) मा ३.५ वर्षको अवधिका लागि कार्यान्वयन हुने छ। परियोजनाले ५५,००० प्रत्यक्ष लाभग्राही सम्म पुग्ने लक्ष्य राखेको छ।
नेपालको अर्थतन्त्रमा कृषि मुख्य चालक शक्ति हो र रोजगारको प्रमुख स्रोत पनि हो। खाद्य तथा पोषण सुरक्षा बहुआयामिक पक्ष हो र यस सुनिश्चित गर्न कृषिले मुख्य भूमिका खेल्दछ। नेपालको संविधानले खाद्य अधिकारलाई नेपाली नागरिकको मौलिक अधिकारको रूपमा मान्यता दिएको छ। नेपाल सरकारले (GON) खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न विभिन्न राष्ट्रिय नीति र कार्यक्रमहरू तयार पारेको छ र विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा पनि प्रतिबद्धता जनाएको छ। GON ले सतत विकास लक्ष्य (SDGs) हासिल गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी, खाद्य तथा पोषण सुरक्षाको उपलब्धि नेपाल सरकारका राष्ट्रिय नीतिहरूमा प्राथमिकता पाएको छ, जस्तै: भिजन २१००, १६औं योजना, कृषि विकास रणनीति (ADS)। FANSEP ले कृषि विकास रणनीतिको खाद्य तथा पोषण सुरक्षा कार्यक्रमलाई सहयोग पुर्याउँछ, जुन यसका चार प्रमुख कार्यक्रममध्ये एक हो। साथै, FANSEP ले उल्लेखित सबै सरकारी नीति, ADS र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू (SDGs लगायत) मा निर्धारण गरिएका खाद्य तथा पोषण सुरक्षा सम्बन्धी लक्ष्यहरू हासिल गर्न प्रत्यक्ष भूमिका खेल्दछ।

