प्रकाशित मिति : २०२०-०६-११ (अद्यावधिक मिति : २०२०-०६-२३)

भुकम्प (२०७२) प्रभावित पहाडका चार र बाढीबाट प्रभावित तराईका चार गरी कुल आठ जिल्लाहरुका कृषक समुदायहरुको कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि , खाद्य तथा पोषण सुरक्षामा सुधार र आयआर्जनमा बृद्धि गर्ने उदेश्यका साथ नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना ८ जिल्लाको १६ वटा गाँउपालिकाहरु कार्यक्षेत्र रहने गरी लागु भएको छ।