प्रकाशित मिति : २०२०-०६-१९ (अद्यावधिक मिति : २०२०-०७-०८)

आयोजना क्लष्टर इकाई, धनुषा

आयोजना लागु भएका जिल्लाहरु

क) धनुषा जिल्ला नेपालको मध्य भागको दक्षिणी भारतीय सिमावर्ती क्षेत्र सँग जोडिएको प्रदेश नं. २  अन्तरगतका ८ जिल्लाहरु मध्ये हाल प्रदेशको राजधानी जनकपुर र जानकी मन्दिर अवस्थित रहेको जिल्ला हो . जसको कुल क्षेत्रफल १,१८० वर्ग कि. मि. र जनसँख्या ७,५४,७७७ रहेको छ।

   जिल्लाको ८०% जति किसानहरु धान, गहुँ, दलहन, तेलहन, उँखु तथा माछापालन र पशुपन्छी पालनमा सँलग्न रहेका छन्। जिल्लाको दूई तिहाई भन्दा बढी क्षेत्र (७६,५३१ हे.) कृषि उत्पादन योग्य रहेको छ, जसको ४५% जति मात्र सिंचित रहेको छ।

 

आयोजना लागु भएका गाउँपालिकाहरु

१. धनौजी प्रदेश नं. २ को धनुषा जिल्लाको एउटा गाउँपालिका हो। धनौजी गाउँपालिका वि.सं. २०७३ सालमा स्थापना भएको र गाउँपालिकामा ५ वटा वडाहरु रहेका छन्। यस गाउँपालिकाले धनुषा जिल्लाको कुल २२ वर्ग कि.मि. क्षेत्रफल ओगेटेको र कुल जनसँख्या २१,३९५ रहेको छ।

२. मुखियापट्टी मुसहरनिया प्रदेश नं. २ को धनुषा जिल्लाको एउटा गाउँपालिका हो। मुखियापट्टी मुसहरनिया गाउँपालिका वि.सं. २०७३ सालमा स्थापना भएको र गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन्। यस गाउँपालिकाले धनुषा जिल्लाको कुल २६.८४ वर्ग कि.मि. क्षेत्रफल ओगेटेको र कुल जनसँख्या २५,४८२ रहेको छ।

 

ख) महोत्तरी जिल्ला प्रदेश नं. २ अन्तरगत धनुषा जिल्ला देखि पश्चिममा अवस्थित रहेको छ। जिल्लाको सदरमुकाम जलेश्वर हो । यस जिल्लाको कुल क्षेत्रफल १,००२ वर्ग कि. मि. र जनसँख्या ६,२७,५८० रहेको छ। जलवायु परिवर्तनको असरले वर्षेनी बाढी तथा सुख्खाको कारण यहाँको कृषि तथा पशुपालन र पोक्षणको अवस्था कमजोर हुँदै गएको देखिन्छ। जिल्लाको कुल खेती योग्य जग्गा ६७,३५२ हे. रहेको छ, जसको ३७% जति मात्र सिंचित रहेको छ।

आयोजना लागु भएका गाउँपालिकाहरु

१. पिपरा प्रदेश नं. २ को महोत्तरी जिल्लाको एउटा गाउँपालिका हो। पिपरा गाउँपालिका वि.सं. २०७३ सालमा स्थापना भएको र गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन्। यस गाउँपालिकाले महोत्तरी जिल्लाको कुल ३९.९८ वर्ग कि.मि. क्षेत्रफल ओगेटेको र कुल जनसँख्या ३५,५२४ रहेको छ।

२. एकडारा प्रदेश नं. २ को महोत्तरी जिल्लाको एउटा गाउँपालिका हो। एकडारा गाउँपालिका वि.सं. २०७३ सालमा स्थापना भएको र गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन्। यस गाउँपालिकाले महोत्तरी जिल्लाको कुल २४ वर्ग कि.मि. क्षेत्रफल ओगेटेको र कुल जनसँख्या २९,३१५ रहेको छ।