प्रकाशित मिति : २०२०-०६-१९ (अद्यावधिक मिति : २०२१-०६-२१)

१. गोरखा जिल्ला

गोरखा जिल्ला गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो । गोरखा जिल्लामा ११ स्थानीय तह मध्य २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ । भौगोलिकरुपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो । यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ । समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित छ । यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ । यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्लालमजुङ जिल्लामनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्लातनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन् । राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन् ।

(क) बारपाक सुलिकोट गा.पा.

गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्तो बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाँचखुवा देउराली  र पन्द्रुङ गा.वि.स. समावेश गरिएको छ । यस गाउँपालिकामा बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय  रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो ।राष्ट्रिय जनगणना २०६८ अनुसार यस पालिकाको जनसंख्याः २५३८९ रहेको छ। यस पालिकाको प्रमुख बालिको रुपमा खाद्यान्न बालिहरुको रुपमा (धान, मकै र कोदो) रहेको छ भने पशु तर्फ बाख्रा पालन, र दुध उत्पादनको लागि भैसि पालन रहेको छ ।

(ख) गण्डकी  गा.पा.

गोरखा जिल्लाको साविकका गा.वि.स.हरु फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङलीचोक र मकैसिङ गाविसलाई समायोजन गरी गण्डकी गार्उँपालिका गठन गरिएको छ । पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका  रहेको ‌‌यो गाउँपालिका  प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०६८ अनुसार यस पालिकाको जनसंख्याः २३२६२ रहेको छ । यस पालिकाको प्रमुख बालिको रुपमा खाद्यान्न बालिहरुको रुपमा (धान, मकै र कोदो) र बेमैसमि तरकारी खेति यहाँका राजमार्ग छेउछाउका कृषकहरुको मुख्य आम्दानिको स्रोत रहेको छ भने पशु तर्फ बाख्रा पालन, र दुध उत्पादनको लागि गाई, भैसि पालन रहेको छ ।

२. धादिङ जिल्ला

धादिङ नेपालको वाग्मती प्रदेशमा अवस्थित मध्यपहाडी जिल्ला हो । उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो । यसको क्षेत्रफल १९२६ वर्ग किलोमिटर (१९२४८४ हेक्टर) छ । समुन्द्री सतह बाट ३०० मिटर देखि ७११० मिटर सम्मको उचाईमा फैलिएको छ । सिमानामा पूर्व काठमाडौंनुवाकोट र रसुवा जिल्ला, पश्चिम-गोरखा जिल्ला, उत्तर- चीनको स्वशासित क्षेत्र  तिब्बत  र दक्षिण-मकवानपुरचितवन जिल्ला पर्दछन । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको जनसंख्याः ३३४२९२ रहेको छ ।

(क) बेनिघाट रोराङ गा.पा.

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३१४७५ जनाको वसोवास रहेको छ । यस पालिकाको प्रमुख बालिको रुपमा खाद्यान्न बालिहरुको रुपमा (धान, मकै र कोदो) र बेमैसमि तरकारी खेति यहाँका राजमार्ग छेउछाउका कृषकहरुको मुख्य आम्दानिको स्रोत रहेको छ भने पशु तर्फ बाख्रा पालन, र दुध उत्पादनको लागि गाई, भैसि पालन रहेको छ ।

(ख)गजुरी गा.पा.

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका गजुरी, पिंडा र किरान्चोक गा.वि.स.हरु मिलेर वनेको गजुरी गाउँपालिका नेपालको प्रसिद्ध नदी त्रिशुलीको किनारदेखि मकवानपुर जिल्लाको सिमानासम्म फैलिएर रहेको छ । काठमाडौंलाई तराईसम्म जोड्ने एकमात्र पृथ्वी राजमार्ग यसै गाउँपालिकाबाट भएर जाने भएकोले यसलाई नेपालभरि प्रायः सबैले चिन्दछन् । करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा गल्छी गाउँपालिका, पश्चिमा बेनिघाट रोराङ गाउँपालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गा.पा.मा २७०८४ जनाको वसोवास रहेको छ । यस पालिकाको प्रमुख बालिको रुपमा खाद्यान्न बालिहरुको रुपमा (धान, मकै र कोदो) र बेमैसमि तरकारी खेति यहाँका राजमार्ग छेउछाउका कृषकहरुको मुख्य आम्दानिको स्रोत रहेको छ भने पशु तर्फ बाख्रा पालन, र दुध उत्पादनको लागि गाई, भैसि पालन रहेको छ ।